धुर्मुस र सुन्तलीबाट पाठ सिक्ने होकि ?

काठमाडौं–जेठ ४ । भूकम्पपीडितको सहयोगार्थ भन्दै भारतीय कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोराले गत शनिवार सैनिकमञ्चमा धुलो उडाए, नेपाली र्दशक तताए, नचाए र कमर मर्काए । तर उनिहरुको यो कार्यक्रमबाट कति भूकम्प पीडितले राहत पाउँछन् या पाउदैनन suntaliभन्ने कुराको कुनै टुंगो लागिसकेको छैन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको भिभिआईपी कक्षबाट भारतीय नायिका सोनाक्षी सिन्हाले नेपाली सेनाको भब्य स्वागत पाईन । सोल्टी होटलको भब्य बसाई उपलब्ध गराईयो । अनि सैनिक मञ्च टुँडिखेलमा केहि बेर नाचेर स्वदेश फर्किइन । काठमाडौंमा यस्तो धुमधाम भईरहंदा हाँस्य कलाकार सितारमा कट्टेल धुर्मुस र उनकी पत्नी सुन्तली भने सिन्धुपाल्चोकका विकट बस्तीमा पीडितका घरबासको जोहो गर्दै थिए ।

भुकम्प गएको बर्ष दिन बितिसक्दा पनि सरकारले अहिले सम्म कसैलाई घर बनाएर दिन सकेको छैन । तर यो धुर्मुसको जोडीले काभ्रे जिल्लामा एकीकृत बस्ती बनाएर २२ जना पीडितलाई घर हस्तान्तरण गरिसकेको छ । कलाको माध्यमद्वारा हँसाउने यो जोडीले भुकम्पको पीडाले रोएको मन फकाउन नि त्यतिकै जानेको रहेछ भन्ने अहिले प्रमाणित भएको छ । काभ्रेको एकीकृत बस्ती निर्माण गरिसकेको यो जोडीले बैशाख २९ गते गएको भूकम्पको अवसर पारी सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत बस्ती निर्माणको काम सुरु गरेको छ । रकमी सहयोग मात्र होइन, धुर्मुसको जोडी अहिले आफै मजदुर बनेर काम गरिरहेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैंसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेलले बताएका छन् । ६५ भूकम्प पीडित तामाङ परिवारका ५ सय १५ जना सदस्यको आश्रयस्थल निर्माण सम्पन्न गर्न ४ करोड रुपैयाँ भन्दा बढी लाग्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया