भोजपुरको सहिदपार्क स्मारक निर्माण कार्य अलपत्र

भोजपुर–जेठ ४ । भोजपुरको दक्षिणी रानीबास गाबिसमा पर्ने यस ऐतिहासिक हतुवागढी दरबारमा निर्माण सुरु भएको सहिदपार्क तथा स्मारकलाई आधा काम नसकिदै थाती राख्नुपर्ने भएको छ । ऐतिहासिक महत्व बोकेको हतुवागढी दरबारको प्रचारप्रसार एवमं स्थानीय तथा बाह्य पर्यटन प्रवद्र्धनका लागी सुरु भएको उक्त निर्माण अहिले आएर बीचैमा छोड्नुपर्ने अवस्थामा पुगेको छ । द्धन्द्धकालमा हतुवागढी आक्रमणको क्रममा मृत्यु भएकाहरुको सम्झनामा थालिएको सो निर्माणकार्य बजेट अभाबमा अलपत्र अवस्थामा पुगेको छ । यता घोरेटारबजार संग हतुवागढीदरबार जोड्ने सिाढी निर्माण कार्य पनि अधुरै छ । ऐतिहासिक महत्व बोकेको भएपनि गुमनाम हुनै लागेको घारेटार बजारमा रहेको भविष्यबक्ता पोखरी मर्मतसम्भारको भबिष्य पनि पार्क र सिाढीको काम जस्तै छ । पर्यटकिय सम्भावना बोकेका ऐतिहासिक स्थलहरुको प्रवद्र्धनका गरी पर्यटन व्यवसाय मार्फत स्थानीय अर्थतन्त्र मजबुतका लागी सरकारले नै सहयोग नगर्दा थालिएका पुर्वाधार विकासका काम अलपत्र अवस्थामा रहेको निर्माण समिति र सरोकारवालाहरुको गुनासो छ । यसरी ऐतिहासिक महत्वका स्थलहरुको विकास विस्तारका नाममा छुट्टिएका बजेट निकासामा सरोकारवालाले निकायले वेवास्ता गर्दा निर्माण अलपत्र बनेको छ ।

Published On:  495पटक हेरिएको

तपाईको प्रतिक्रिया