संविधान कार्यान्वयनका लागि सबै एक हुनुपर्छ

काठमाडौं–जेठ ४ । सरकारका प्रवक्ता एंव सुचना तथा संचारमन्त्री शेरधन राईले प्राप्त उपलब्धि संस्थागत गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभएको छ । नेपाल आदीवासी जनजाती पत्रकार महासंघको राष्ट्रिय भेलाको आज काठमाडौमा उद्घाटन गर्दै संचारमन्त्री राईले प्राप्त उपलब्धि संस्थागत गरी थप उपलब्धि हासिल गर्न सवैपक्ष एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभएको हो । उहाा सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई अच्छुर्ण राखी छिमेकी मुलुुुकसंग मित्रवत् सम्वन्ध राख्नुपर्नेमा सरकार दुढ रहेको बताउनुभयो । मन्त्री राईले समावेशी संचार नीति अन्तिम चरणमा रहेको भन्दै समावेशी संचार नीति ल्याएर प्रधावकारी कार्यान्वयन गर्न आफू दृढ रहेको बताउनुभयो । त्यसक्रममा उहााले आदीवासी जनजाती पत्रकार महासंघलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया