मधेशी जनताले खेदेकाहरू सिंहदरवार घेर्दै छन् : प्रधानमन्त्री

काठमाडौं– जेठ ३ ।  प्रधानमन्त्री केपीशर्मा ओलीले आन्दोलनरत संघीय गठबन्धनलाई मधेशबाट जनताले खदेका कारण सिंहदरबार वरिपरि आएर ‘नाटक’ गरेको आरोप लगाउनुभएको छ । स्वर्गीय मदन भण्डारीको २३ औं स्मृति सभाको सन्दर्भमा आज पार्टीले काठमाडौंमा गरेको कार्यक्रमKp-oli11मा प्रधानमन्त्री ओलीले संघीय गठबन्धनलाई मधेशबाट खेदिएपछि राजधानीमा आएर जनतालाई दु:ख दिन तल्लिन रहेको आरोप लगाउनुभएको हो । उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न छोडेर जनतालाई दुख दिने गरी आन्दोलन गर्नुको कुनै तुक नभएको भन्दै आन्दोलनरत दलका नेता तथा कार्यकर्तालाई भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले आन्दोलनका नाममा जनतालाई लामो समयसम्म दुख दिनेहरूलाई जनताले कहिल्यै माफी नदिने भन्दै अब पनि आन्दोलनका नाममा जनतालाई दुख दिइरहे सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले आफूले जटिल परिस्थितिमा सरकारको नेतृत्व गर्नुपरेका कारण जनताले अपेक्षाअनुसार काम हुन नसकेको स्वीकार गर्दै अब सरकार विकासका काममा बढी केन्द्रित हुने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया