नेपाल वायुसेवा निगममा थपिए दुई कमाण्डर पाइलट

pilot_Nepali_nacकाठमाडौं–वैशाख ३। नेपाल वायुसेवा निगमको एयरबस ३२० विमान उडाउनका लागि दुईजना कमाण्डर पाइलट थपिएको छ ।

सिंगापुरको एटी एरोस्पेसबाट एयरबस ३२० को कमाण्ड ट्रेनिङ पुरा गरि लाइसेन्स पाएपछि जमहेश्वरमान डंगोल र श्रवण रिजाल कमाण्डर पाइलट बन्ने भएका हुन ।  यसअघि पाइलट अभावलाई कारण देखाउँदै निगमले दुईवटा एयरबस पूर्ण क्षमतामा उडाउन नसकेको बताउदै आएको थियो । हुनत, कमाण्डर पाइलट बन्न दुबै जनाले नेपालमा लाइन ट्रेनिङ क्लियर गर्नुपर्छ ।

निगमसँग अहिले एयरबस उडाउने ७ जना कमाण्डर पाइलट छन् । जसमध्ये एकजना एसके ढेवाचुको लाइन ट्रेनिङ क्लियर भएको छैन् । निगमसँग विजय लामा, आरपी ढकाल, सुवर्ण अवाले, समाज कुमार श्रेष्ठ, प्रदीपराज भण्डारी, सुवास रिजालले कमाण्डर पाइलटका रुपमा एयरबस उडाउँदै आएका पाइलट छन् । दुई जना थपिएसँगै नेपाल वायुसेवा निगमका एयरबस उडाउने कमाण्डर पाइलटको संख्या ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया