वाणिज्य बैंकको १० औं साधारणसभा सम्पन्न

banijya bankकाठमाडौं–जेठ ३ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ  ।

साधारणसभाको अवशरमा बैंकले चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख पुगेको र बैंक आफ्नो सेवा सुविधालाई विकास र विस्तार गर्दै नेपालकै एक नम्बर बैंक बन्ने योजना सहित अघि बढेको जानकारी गराएको थियो । नेपाल सरकारको पूर्ण स्वामित्वमा २०२२ सालमा स्थापित बैकको देशका ६८ जिल्लामा १६६ शाखा , १६ काउन्टर  र ६८ ब्रान्चलेस बैंकिङ सञ्जाल बिस्तारित छ ।

साधारण सभाले बैंक सञ्चालक समितिका अध्यक्ष डा. रविन्द्रप्रसाद पाण्डेले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष ०७१र०७२ को वार्षिक प्रतिवेदन  पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया