सङ्घीय गठबन्धनको आन्दोलन जारी, यातायात सेवा अस्तव्यस्त

काठमाडौं–जेठ ३ । संविधान लेखन देखि नै केही बुँद्धामा असमति सहित आन्दोलनरत सङ्घीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रम दोस्रो दिन आज पनि जारी छ ।

morcha. jpgबिहान १० बजेदेखि सिंहदरबारको हनुमानस्थान, माइतीघर मण्डला लगायतका क्षेत्रमा २९ दलीय गठबन्धनका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै सडक अवरुद्ध गरेका छन् । आन्दोलनका कारण सिंहदरबार क्षेत्रको यातायात अस्तव्यस्त छ ।
आन्दोलनकारी ‘प्रतिगामी संविधान मान्दैनौँ’, ‘पहिचानसहितको सङ्घीयता छाड्दैनौँ’, ‘आन्दोलनकारीसँग यस अघि गरेको सम्झौता लागू गर’ लगायतका नारा सहित आन्दोलनको मोर्चामा छन् ।
यस्तै, माइतीघरमा प्रहरीसँगको सामान्य झडपमा घाइते भएका मोर्चाका तीन जना कार्यकर्ताको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भइरहेको जनाइएको छ । यसअघि, नेपाल–भारत सिमानामा आन्दोलन गरेका मधेस केन्द्रित दलले  अत्यावश्यक वस्तुको आपूर्ति व्यवधानबाट जनताको दैनिकी कठिन बनाएको गुनासो बढेपछि सिंहदरबार केन्द्रित आन्दोलन गर्नुपरेको मोर्चाका नेताहरुले बताएका छन् ।

धर्नामा गठबन्धनका कार्यकर्तासँगै शीर्ष नेताहरु समेत सहभागी छन् । सिंहदरबार घेराउ कार्यक्रम साँझ ५ बजेसम्म रहने गठबन्धनले जानकारी दिएको छ ।

Published On:  369पटक हेरिएको

तपाईको प्रतिक्रिया