नेपालमै पहिलो पटक फरक कला प्रदर्शनी

for npकाठमाडौं–जेठ ३ । काठमाडौंस्थित बबरमहलमा रहेको नेपाल कला परिषद्को हलमा मंगलवारबाट कलाकार बाबुराम बस्ताकोटीको एकल कला प्रदर्शनी हुने भएको छ । सो प्रदर्शनीमा विभिन्न रंगिन कपडाका टुक्राबाट सिर्जित २१ वटा कलाकृतिहरु प्रदर्शनी तथा बिक्रिका लागि राखिने छन् ।

दैनिक जीवन शैली, प्राकृतिक शौन्दर्य र अमूर्त कलाबाट सिर्जित उत्कृष्ठ चित्रहरु संगालो रहेको प्रदर्शनिको उद्घाटन मंगलबार दिउँसो ३ बजे संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दकुमार पोखरेलले गर्नुहुनेछ । कलिलो उमेरदेखी नै कलाकारितामा लाग्नुभएका बस्ताकोटीको यो कलाकृति नेपालकै एकमात्र कलाकौशल हो । यसलाई राज्यले संरक्षण र प्रर्बधन गर्नेतर्फ ध्यान दिनुपर्ने जानकारहरु बताउँछन् ।

दर्जनौं पटक सामूहित कला प्रदर्शन गर्नुभएका बस्ताकोटीले स्वदेश तथा विदेशमा विभिन्न समयमा आफ्नो कला प्रदर्शन गर्दै आउनुभएको छ । उहाँका यी कलाकृति न्युनतम ५० हजारदेखि अधिकतम ५ लाख सम्ममा किन्न समेत पाइने छ । प्रदर्शनी तीन दिनसम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया