जिल्ला खेलकुद विकास समिति दार्चुलाका ९ जनाविरुद्ध मुद्दा दायर

aktiharकाठमाडौं–जेठ २ । कभर्डहल निर्माणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला खेलकुद विकास समिति दार्चुलाका ९ जनाविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

कभर्डहल निर्माणका लागि निकासा भएको रकममा अनियमितता गरेको ठहर सहित जिल्ला खेलकुद विकास समिति दार्चुलाका संयोजकसहित सदस्य र इन्जिनियरविरुद्ध अख्तियारले विषेशमा मुद्दा दायर गरेको हो ।

bisesकभर्डहल निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद्बाट आर्थिक वर्ष २०६७\२०६८ देखि आर्थिक बर्ष २०६९\२०७० सम्ममा निकासा भएको रकम समितिका तत्कालीन दुई संयोजक, सदस्य तथा इन्जिनियरको मिलेमतोमा कभर्डहल निर्माण नै नगरी झुठ्ठा बिल भरपाईका आधारमा अनियमितता गरेको पाइएपछि मुद्धा दायर गर्नुपरेको अख्तियारले जनाएको छ ।

कभर्डहल निर्माणका तत्कालीन संयोजक मञ्जु बमले १० लाख ६५ हजार ९ सय ७३, कल्याण सिंह धामीले करिब ३ लाख २३ हजार रुपैयाँ भ्रष्ट्राचार गरेको अख्तियारको आरोप छ । सदस्यका रुपमा रहेका भूपेन्द्रराज अवस्थीले करिब ५ लाख ७२ हजार, मान सिंह विक ३ लाख २३ हजार, श्यामराज अवस्थी ८ लाख ४२ हजार, दान सिंह निरौला ३ लाख ५० हजार, सदस्य हरिश चन्द्र भट्ट, इन्जिनियर शेखर चन्द्र बढु र मदन राज जोशीले समान ६ लाख ४२ हजार भ्रष्टाचार गरेको अभियोग सहित अख्तियारले बिशेषमा मुद्धा दायर गरेको छ ।

Published On:  495पटक हेरिएको

तपाईको प्रतिक्रिया