कक्षा ११ को प्रश्नपत्र लिक गर्ने दुई पक्राउ

pakrau-final13-300x253सप्तरी–जेठ २ ।  कक्षा ११ को प्रश्नपत्र बाहिर ल्याएको अभियोगमा फोटोकपी सञ्चालकसहित दुई जना राजविराजबाट पक्राउ परेका छन् ।
आजबाट सुरु भएको कक्षा ११ को परीक्षाको पहिलो प्रश्नपत्र राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत बाहिर ल्याएको अभियोगमा लवन उमावि वभनगामाकट्ठीका कार्यालय सहयोगी भगवती यादव र फोटोकपी सञ्चलक शिवनाराण थलामैलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा प्रश्नपत्र बाहिर ल्याउने गिरोह पक्राउ गरेकको प्रहरी टोलीले सो पसलबाट ‘चिट’, प्रश्नपत्र र फोटोकपीको यन्त्र बरामद गरेको जनाएको छ।

अभियुक्त उपर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्याालय सप्तरीले जानकारी दिएको छ।

Published On:  455पटक हेरिएको

तपाईको प्रतिक्रिया