काठमाडौं–बैशाख २ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले संघीय गठवन्धनको आन्दोलनलाई समर्थन जनाएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नयाँ शक्तिका संयोजक भट्टराईले विज्ञप्ति जारी गरेर पहिचान र अधिकारको सवालमा मधेसी र जनजाति समुदायले उठाएका मागहरु जायज भएको भन्दै आन्दोलनमा ऐक्यबद्धता सहित समर्थन गर्नुभएको हो ।
मधेसी मोर्चासहितको गठवन्धनले आइतबार गरेको सिंहदरवार घेराउ सहितको आन्दोलनका जायज मागप्रति नयाँ शक्ति नेपाल समर्थन गर्छ, साथै उनीहरुको आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गर्छ विज्ञप्तिमा भनिएको छ । आन्दोलनरत समुदायको माग सम्बोधन गरी राष्ट्रिय समस्याको समाधान गर्न सरकार र दलहरुलाई आग्रह गरेको नयाँ शक्तिले संविधान जारी भएको लामो समयसम्म उत्पीडित जनताले संविधानलाई आफ्नो भन्न नसक्नु तथा सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष भनेको छ ।
विज्ञप्तिको पूर्ण पाठ: