लागु औषध गाँजासहित दुई युवक पक्राउ

सर्लाही–जेठ २ – प्रहरीले सर्लाहीको हरिवनबाट आइतबार लागु औषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीबाट पक्राउ पर्नेमा हरिवन नगरपालिका–१ पटौना घर भएका २४ वर्षका होमराज बल र  सोहि स्थानका १६ वर्षका आयुस सिंह मोक्तान छन् ।

प्रहरी सहायक निरीक्षक बहादुरप्रसाद यादव नेतृत्वको प्रहरी गस्ती टोलीले पटौनाबाट हरिवन बजार तर्फ आउँदै गर्दा तीन किलो लागु औषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।  तीन वटा कालो झोलामा गाँजा लिएर आउँदै गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । अहिले दुवै अभियुक्तलाई लागु औषध ओसारपसार सम्बन्धी मुद्दा अन्तरगत थप अनुसन्धान भइरहेको छ ।

एक हप्ता अघि पनि हरिवनकै ताइवानबाट १० किलो लागु औषध गाँजासहित एक जना पक्राउ परेका थिए । यसले पछिल्लो समय  सर्लाहीमा लागु औषधको ओसारपसार बढेको देखाएको छ ।

तपाईको प्रतिक्रिया