आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त

काठमाडौं– जेठ २ – संघीय गठबन्धनको सिंहदरबार घेराउ सहितको आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
vlcsnap-2016-05-15-12h59m23s293मधेशी, आदिवासी\जनजाति, थारु लगायतका जातीय तथा क्षेत्रिय दलहरुको मोर्चाको सिंहदरबार घेराउका कारण सिंहदरबार आसपासका क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । यस्तै, आन्दोलनका कारण चक्रपथ हुँदै भित्री बाटो माइतीघर, त्रिपुरेश्वर थापाथली, कालिमाटी कलंकी चल्ने गाडीलाई चक्रपथकै रुटतर्फ डाइभर्सन गरेर ट्राफिक व्यवस्थापन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारि दिएको छ । vlcsnap-2016-05-15-12h58m22s297

यता, गठबन्धनका कार्यकर्ताले बिहान बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड गरेका छन् । गठबन्धनका कार्यकर्ता अहिले सिंहदरबार आसपासका चोकमा जम्मा भएर नाराबाजीमा ब्यस्त छन् । प्रहरीले सिंहदरबारभित्र र आसपासको क्षेत्रमा सुरक्षा घेरा बनाएर सुरक्षा व्यवस्था कडा बनाएको छ । यसअघि नै प्रहरीले प्रदर्शनमा लाठी लैजान निषेध गर्दै लाठी बोक्नेलाई कारबाही गर्ने जनाएको छ ।

morcha. jpgआन्दोलनको पूर्व घोषित कार्यक्रम अनुसार मोर्चाले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । संविधान र राज्य पुनःसंरचना बारे असन्तुष्टि जनाउँदै आएको गठबन्धनले यसअघि ६ महिनासम्म तराई–मधेश केन्द्रित आन्दोलन गरेको थियो । उक्त आन्दोलनबाट माग पूरा नभएको भन्दै गठबन्धन नै बनाएर काठमाडौं केन्द्रित आन्दोलन थालेको हो । सरकार आफ्ना ११ बुँदे मागप्रति गम्भीर नभएको आरोप गठबन्धनले लगाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया