पछिल्लो समय तरकारीको भाउ बढ्यो

काठमाडौं–जेठ १ । पछिल्लो समय बजारमा तरकारीvegetable_nepalभाऊ बढेको छ ।  भूकम्प, खडेरी लगायतका  कारणले पर्याप्तमात्रामा स्वदेशी तरकारी उत्पादन हुन नसक्दा तरकारीको भाउ आकासिएको व्यवसायीहरुको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरुका अनुसार अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष तरकारीको भाउ अधिक बढेको छ । ४ वर्षअघिको सोही अवधिमा प्रतिकिलो होलसेल रू. १६ पर्ने मूला अहिले चारगुणा भन्दा बढी १ सय ५० रूपैयासम्म पुगेको छ । अहिले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा प्रतिकिलो ४५ देखी ६० रुपैयाा कायम छ ।  आलु प्रतिकिलो ३० देखी ४० रुपैयाा प्याज २० देखि २३ रुपैयाा, बन्दा ३० देखि ४० रुपैयाा, काउली ६० देखी ७० रुपैयाा, भन्टा ४० देखी ५० रुपैयाा घिउ सिमी ७० देखी ८० रुपैयाा, तितेकरेला ५० देखि ६० रुपैयाा फर्सि ५० देखी ६० रुपैयाासम्म रहेको छ । खुर्सानी १ सय ५० देखी १ सय ६० रुपैयाा, लसुन १ सय ३० देखी २ सय ९० रुपैयाा पुगेको छ । तर बजारमा खुद्राविक्री सम्म पुग्दा तरकारीको भाऊ थोक मुल्य भन्दा दोव्वर तिर्नुपर्ने अवस्था छ । तरकारीको भाऊ बढ्नुमा खडेरी नै मुख्य कारण भएको व्यवसायी बताउाछन् ।

तपाईको प्रतिक्रिया