अफगानिस्तान विस्फोट, तीन सर्वसाधारणको मृत्यु

अफगानिस्तान–जेठ १ । अफगानिस्तानस्थित एक प्रहरी तालिम केन्द्रमा शनिबार आतङ्ककारी हमला हुँदा तीन जना स्थानीयको मृत्यु भएको छ ।
प्रहरीले तालिम गरिरहेको सो केन्द्रमा आतङ्ककारीले विस्फोटक पदार्थले भरिएको कार लगेर ठोक्काएको र उक्त विस्फोटमा परी छिमेकी घरका तीन जना सर्वसाधारण मारिएका हुन् । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तको नाद अलि जिल्लामा सो आतङ्ककारी हमला भएको हो ।

घटनाको अनुसन्धान जारी रहेको र घटना बारे जिम्मेवारी कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्लो समय आतङ्ककारी हमला बढ्न थालेको छ ।

Published On:  564पटक हेरिएको

तपाईको प्रतिक्रिया