कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु

कैलाली-जेठ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गराएकाहरुले नेपालमै पहिलो पटक कैलालीबाट स्वास्थ्य सेवा पाएका छन् ।
सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमाको रकम बुझाएर सदस्यता लिएकालाई कैलालीबाट आज स्वास्थ्य सेवा दिन थालिएको जानकारी दिनुभएको हो । कैलाली जिल्लामा बिमाबापतको रकम बुझाई गएको चैत महिनामा सदस्यता लिने ३९७ घर परिवारका दुई हजार २६ जनालाई पहिलो चरणमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

यो सेवाका लागि चौमाला, भजनी, जोशीपुर, र उदासीपुर स्वास्थ्य केन्द्रका साथै सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालसँग सम्झौता भएको छ । यसबाहेक सिफारिस गर्नुपर्ने बिरामीको हकमा बाँकेको भेरी अञ्चल अस्पतालसँग पनि सम्झौता भएको जनाइएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ तथा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन नियमावली २०७२ बामोजिम सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सहज तथा प्रभावकारी रुपमा उपलब्ध गराई स्वस्थ्य समाजको निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

विसं २०७३ वैशाखदेखि सदस्यता लिएकालाई भने आगामी भदौ महिनादेखि सेवा प्रदान गरिनेछ । पहिलो चरणमा देशका कैलालीसहित बागलुङ र इलाम जिल्लामा यो कार्यक्रम लागू गर्ने सरकारी लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush