बाग्मती सफाई अभियानको १ सय ५७ औं हप्ता

काठमाडौं–जेठ १। बाग्मती सफाई महाअभियानको १ सय ५७ औं हप्तामा आज शंखमुलस्थित बाग्मती पुल क्षेत्रमा सरसफाई गरियो । शंखमुलस्थित बाग्मती पुलमुनी क्षेत्रवाट करिव ११ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । शनिवारको वाग्मती सफाईमा वाग्मती सभ्यता एकिकृत विकास समिति,नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाल विज्ञापन संघ लगायत विभिन्न सामाजिbbaaaक संघसंस्थाको सहभागिता थियो । बाग्मती सफाई अभियान सुरु भएको तेस्रो वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा वातावरण मन्त्रालयले आगामी जेठ २३ गते विश्व वातावरण दिवशका दिन प्रत्येक विद्यालयलाई विद्यालयदेखि एक किलोमिटर दुरीसम्म सफाई गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया