नवलपरासीको होमस्टे नेपालकै उत्कृष्ट

नवलपरासीं–बैशाख ३१ । नवलपरासीको कावासोतिको बाघखोरमा सञ्चालित अमलटारि मध्यवर्ति सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट होमस्टे बन्न सफल भएको छ । नेपाल सरकार संस्कृति,पर्यटन तथा नगरिक उड्डयन मन्त्रालय तारा गाउं विकास समितिले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको हो । समितिले होमस्टेलाई १ लाख १ हजार रुपैयां नगद सहित पुरस्कृत गरेको छ । नेपाल सरकारले केहि महिना अगाडि गन्तब्य गाउं घोBetrawoti-homestayषणा गरेपछि उत्साहीत बनेका स्थानियमा यो पुरस्कारले उर्जा थपेको छ । २२ घर अति सिमान्तकृत आदिबासी जनजाति माझि, बोटे, थारु समुदाय मिलेर ३ वर्ष अगाडि  होमस्टे स्थापना गरेका थिए ।  उनीहरुले २९ हजार भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएका छन् । होम स्टेमा आउने पाहुनाहरुलाई ति समुदायको लोपोन्मुख मौलिक कला संस्कृति देखाउने, अर्गानिक तथा मौलिक खाना चिच्चर, घोंगि, माछा, हांस लगायतका परीकार खुवाउने गरिएको छ ।

साथै हात्ती सफारि, जंगल सफारी, बोटिङ, जैविक विविधताको अवलोकन पनि गराउने गर्दछन् । होमस्टेमा  पर्यटकको भिडले राम्रो मुनाफा कमाउन सफल भएपछि विदेशिएका युवाहरु समेत गाउंमै फर्केका छन् । गाउंका बालबालिका देखि युवा वृद्ध सबै पाहुनालाई स्वागत सत्कार र गाउंको पर्यटकिय क्षेत्र घुमाउन व्यस्त छन् । स्थानिय  नेपालको दिगो नमुना गाउं बनाउने अभियानमा जुटेका छन् ।  कसैको मुख ताक्ने, अरुलाई गालि गरेर बस्नु भन्दा आफ्नो गाउं बनाउन सबै गाउंले एक जुट भएर लाग्यो भने सफल हुन सकिन्छ भन्ने पाठ अमलटारि होमस्टेले दिएको छ ।

Published On:  856पटक हेरिएको

तपाईको प्रतिक्रिया