सनराइजर्स हैदरावाद दिल्ली डेयर डेभिल्ससंग पराजित

काठमाडौं–बैशाख ३१ । ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको सनराइजर्स हैदरावाद दिल्ली डेयर डेभिल्ससंग पराजित भएको छ । गएराति भएको खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।  दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रन बनायो । हैदरावादका कप्तान डेविड वार्नरले ३० बलमा सर्वाधिक ४६ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन ।  १ सय ४७ रनको लक्ष्य पाएको दिल्लीले ११ बल बांकी रहंदैं लक्ष्य भेट्टायो । दिल्लीले १८ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो । जितसागै दिल्ली १२ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस अघि तेस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्सलाई रनरेटका आधारमा पछि पार्दै दिल्ली तेस्रो स्थानमा उक्लिएको हो । हैदरावाद भने १४ अंक सहित तालिकाको शीर्ष स्थानमा नै कायम छ ।

Published On:  392पटक हेरिएको

तपाईको प्रतिक्रिया