लोपोन्मुख अवस्थामा हुलाक सेवा

काठमाडौं–जेठ । टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत अहिले आएर सबैको हातहातमा मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन हराएको छ ।जसको कारण अहिले सडक पेटीमा राखिएका पत्रमञ्जुषा प्रयोगमा आउन hulakछाडेको छ । पहिले हुलाकमा चिठ्ठीपत्र प्रेसित गर्न जाने मानिसका हातमा अहिले पार्सल र उपहारहरुमात्र देखिने गरेको छ । हुलाकबाटै २० किलो सम्मको सामाग्री विदेश पठाउने व्यवस्था भएकाले सामान्यतया कुरियरको काम हुलाकबाटै हुने गरेको छ ।  अहिले हुलाक सरकारी कागजात ओसारपसार र अन्तर्राष्ट्रय क्षेत्रमा  पुलिन्दा र पार्सल ओसारपसार गर्ने माद्याम बनेको छ । तर उपत्यका बाहिरका हुलाकहरुमा यो सेवा नहुादा हुलाक सरकारी कागजात ओसारपसार गर्ने थलोको रुपमा मात्र सिमित छ । उपत्यका भित्रका सबै हुलाक अब गोश्वारा हुलाकमै गाभ्ने तयारी गोश्वारा हुलाक कार्यालयले गरिसकेको छ ।

घरायसी वा व्यक्तिगत चिठीपत्र पठाउने काम धेरै घटे पनि एक्सप्रेस मेल सर्भिस (इएमएस) र सामग्रीसहितको पार्सल पठाउने काम भने बढ्दै गएको छ । यो कार्यबाट राजश्व पनि राम्रै उठ्ने गरेको छ । प्रविधिको विकाससागै गोश्वारा हुलाकले सेवामा  परिमार्जित गर्दै लगेको कार्यालयको दावी छ । यसले वर्षमा ४ करोड ८६ लाख देशको  राजश्वमा समेत योगदान दिएको छ ।सरकारले हुलाक सेवालाई प्रविधिमैत्री संस्थाको रुपमा विकास गरी हरेक जिल्लामा त्यसले सम्पादन गर्दै आएका कामलाई भरपर्दो र गुणस्तरीय बनाउन जरुरी रहेको छ ।

Published On:  493पटक हेरिएको

तपाईको प्रतिक्रिया