फुटको संघारमा नेकपा क्रान्तिकारी माओवादी

काठमाडौं–बैशाख ३१ । जनयुद्ध कालमा संगै लडेका माओवादी २०६२/०६३ को जनआन्दोलन पछि भने ६ वटा पार्टीमा विभाजित भएका छन् । अहिले पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र डीएस महता नेतृत्वको माओवादी कम्युनिष्ट केन्द्र नेपाल छ ।

त्यस्तै, हेमन्त प्रकास ओलीले पनि केहि महिना अघि कम्युनिष्ट न्यक्लियस पार्टी घोषणा गर्न भ्याईसकेका छन् । यसरी हेर्दा माओवादी पार्टी जुटभन्दा फुटमा नै जेलिएको छ । दोश्रो संविधानसभा चुनावपछि माओBaidayaवादी आन्दोलन खस्किएको, स–साना गुटमा विभक्त हुंदा कार्यनीति असफल भएको र जनतामा माओवादी आन्दोलनप्रति वितृष्णा बढेको भन्दै साख जोगाउनकै लागि पनि माओवादी एकता कुरा पनि नउठेका होइनन तर अहिलेसम्म फुटेका दुई ठुला माओवादी विच एकता हुन सकेको छैन । अहिले पनि एमाओवादीले फुटेर गएका ६ बटै पार्टीलाई एकताको सुत्रमा बाधने कोसिस गरिरहेको छ । चार बर्ष अघि फुटेर गएको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र एमाओवादी विच गत फाल्गुनमा नै एकता हुने भनिएपनि अझै हुन सकेको छैन ।

एकताको विषयलाई नै लिएर अहिले  वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा अर्को फुटको सम्भावना बढेर गएको छ । क्रान्तिकारी माओवादीमा पनि रामबहादुर थापा बादल समुह एमाओवादी संग एकताको पक्षमा छ भने वैद्य पक्षधर एकता गर्न चाहेको छैन यसले पनि अर्को फुट देखाएको छ । यसरी हेर्दा माओवादी पार्टी फुटेर संख्यामा बढि भएपछि राष्ट्रिय राजनीतिमा भने माओवादीहरुले पकड गुमाउदै गएका छन् ।

Published On:  325पटक हेरिएको

तपाईको प्रतिक्रिया