एमाओवादीका सभासद् ल्हारक्याल लामाविरुद्ध मुद्दा दायर

काठमाडौं–बैशाख ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादीका सभासद् ल्हारक्याल लामाविरुद्ध अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । imagesअख्तियारले लामा विरुद्ध ९ करोड ४४ लाख ७२ हजार माग दाबी गर्दै विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गुम्बा व्यवस्थापन समितिको अध्यक्ष, पूर्व अर्थ राज्यमन्त्री र एमाओवादीका सभासद् समेत रहेका लामा विभिन्न समयमा विवादमा आइरहेका छन् । लामाले सार्वजनिक पद धारण गरेदेखि २९ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरको अख्तियारको दाबी छ । त्यसमध्ये लामाले दाबी गरेको स्रोत हेर्दा २० करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको सम्पत्तीको मात्र स्रोत खुलेको देखिएको अख्तियारले बताएको छ । बाँकी चल अचल सम्पत्ती सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको अख्तियारको अभियोग पत्रमा दाबी छ ।

तपाईको प्रतिक्रिया