प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं–बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दातृ निकायलाई भूकम्पपछिको पुनर्निर्माणमा  प्रतिबद्धता अनुसारको सहयोग गर्न आग्रह गर्नुभएको छ । भूकम्प पछिको पुर्ननिर्माणको ५ बर्षे खाका सार्वजनिक गर्न गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणको अघि बढ्दै गएकाले सबै दातृ निकायलाई प्रतिबद्धता अनुसारको सहयोग गर्न आग्रह गर्नुभएको हो ।  ओलीले भूकम्पछिको पुनर्निर्माणमा कामलाई व्यवस्थि गर्दै तोकिएको समयमा पूनर्निर्माणको काम गर्न सरकार प्रतिबद्ध रहको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्प गएदेखि हालसम्म सहयोग गर्ने सबै दातृ निकायहरूलाई धन्यवाद समेत दिनुभयो ।

Published On:  306पटक हेरिएको

तपाईको प्रतिक्रिया