काठमाडौ–बैशाख ३० । मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सूचना तथा प्रविधि परिषद्को गठन गर्ने निणर्य गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सूचना र प्रविधिसँग सम्बद्ध सबै संघ सस्थाको प्रतिनिधित्व हुने गरी सूचना तथा प्रविधि परिषद् गठन गर्ने निणर्य गरेको हो । त्यस्तै आजको बैठकले सरकारले भारत र चीनसँग गरेका सम्झौता कार्यान्वयनका लागि परराष्ट्रसचिवको संयोजकत्वमा समिति गठन समेत गरेको छ । त्यसैगरी आजको बैठकले मृगौला रोगीहरुका लागि निशुल्क डायलसीसको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।