शिक्षा समयानुकूल हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं–बैशाख ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई सवैको पहुँच र समयानुकूल बनाउनुKp-oli11पर्ने बताउनुभएको छ । आज उच्च माध्यमिक विद्यालय संघ नेपालको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । समय सान्दर्भिक शिक्षा मात्र उपयोगी र फलदायी हुने भएकाले शिक्षालाई समयानुकुल बनाउनुपर्ने बताउनुभएको हो । त्यस्तै उहाँले शिक्षाको गुणस्तरमा सम्झौता गर्न नमिल्ने धारणा पनि राख्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा ऐनमा भएका केहि त्रुटिलाई समय अनुसार संशोधन गर्दै लगिने पनि बताउनु भयो । जीवन उपयोगी शिक्षा आजको आवश्यकता भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया