फास्ट ट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमै बन्नुपर्छ :भट्टराई

baburam-bhattarai_12काठमाडौं–बैशाख २९ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फाष्ट ट्र्याक र बन्ने तयारीमा रहेको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
आफ्नो नेतृत्वको सरकारले फास्ट ट्र्याकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरेको भन्दै उहाँले राष्ट्रिय आयोजना निर्माणमा सहमति नबन्नु दुःखद पक्ष भएको बताउनुभयो । फाष्ट ट्र्याक र दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया विवादमा तानिनु देशको हित विपरित भएको भन्दै भट्टराईले समन्वयात्मक ढंगले नीति र योजना निर्माण, कार्यान्वयन र अनुगमन गर्न प्रधानमन्त्री कार्यालय अन्तर्गत अधिकारसम्पन्न संयन्त्र निर्माण हुनुपर्ने बताउनुभयो ।
ठूला परियोजना सम्पन्न गर्न सकेमा देशको राष्ट्रिय क्षमता र आत्मविश्वास बढ्ने तथा ठूलो मात्रामा निजी र विदेशी लगानीको ढोका खुल्ने अपेक्षा उहाँको थियो । पूर्व प्रधानमन्त्री भट्टराईले राज्य आफैले बनाउने, सार्वजनिक–निजी साझेदारी, विदेशी लगानी भित्र्याउने बारेका परियोजनामा आवश्यकता र सम्भाव्यता हेरी ठोस निर्णयमा पुग्नुपर्ने बताउनुभएको थियो ।

भारत र चीन नै तत्काल विदेशी लगानीका मुख्य सम्भावित श्रोत भएको भन्दै उहाँले दुवैका संवेदनशीलता र स्वदेशी राष्ट्रिय हितका आधारमा सरकार अघि बढ्न सक्नुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया