प्रधानमन्त्री र विभिन्न देशका कुटनीतिज्ञ छलफलमा

काठमाडौं–वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका कुटनीतिक नियोग र नियोग प्रतिनिधिहरुसँग अन्तरक्रिया थाल्नुभएको छ । परराष्ट्र मन्त्रालयको कार्यक्रम अन्तरगत दिउँसो तीन बजेबाट याक एन्ड यति होटलमा विदेशी दूतहरुसँग प्रधानमन्त्रीको

New Delhi: President Pranab Mukherjee with Prime Minister of Nepal KP Sharma Oli at Rashtrapati Bhavan in New Delhi on Saturday. PTI Photo by Atul Yadav(PTI2_20_2016_000254B)

कुटनीतिक छलफल हुनेछ । विभिन्न राष्ट्र तथा नियोगका कुटनीतिज्ञहरुको जमघट रहने कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालको समसामयिक अवस्था र सरकारको गतिविधिबारे ब्रिफिङ गर्ने बताइएको छ । सरकारको नीति तथा कार्यक्रम, भुकम्पपछिको पुनर्निमाण, आगामी बजेट, स्थानीय चुनाव लगायतका विषयहरुमा अन्तरक्रिया केन्द्रित हुने परराष्ट्र श्रोतले बताएको छ ।

कार्यक्रममा राजदूतहरुले उठाउने जिज्ञासामाथिको जवाफ प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया