भारत सकारात्मक नहुँदासम्म स्थानीय निकायको निर्वाचन हुन्न : बिजुक्छे

narayan-man-bhujekxyaभक्तपुर–बैशाख २९ । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारत सकारात्मक नहुँदासम्म स्थानीय निकायको निर्वाचन नहुने बताउनुभएको छ ।

रफत सञ्चार क्लब भक्तपुरले बुधबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले सत्ता साझेदार र प्रतिपक्षी दलहरुलाई भारतले उपयोग गरेको आरोप लगाउदै उसको स्वार्थ पुरा नहुँदासम्म स्थानीय निकायको निर्वाचन असम्भब हुने बताउनुभएको हो । चुनाव घोषणाले सत्ता साझेदार एमाओवादी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेस केन्द्रि दलहरुबीच नै असन्तुष्टि बढेको भन्दै निर्वाचन हुन नदिन नेपाली कांग्रेस, एमाओवादी र मधेसवादी दलहरुलाई भारतले उपयोग गरेको जिकिर गर्नुभयो ।

अध्यक्ष बिजुक्छेले नेपालको कर्मचारि प्रशासनमा भारतको तलब खाने २२ हजार कर्मचारी रहेको जिकिर गर्दै नेपालको कर्मचारी प्रशासनमा पनि भारत हाबी भएको बताउनुभयो । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरणलगायतका क्षेत्रमा भारतको तलब खाने कर्मचारीहरु रहेको दाबी सहित कारबाही सरकारलाई बिजुक्छेको सुझाब थियो । राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएर राम्रो काम गरेको भन्दै उहाँले नेपाल सरकारको निर्णयभन्दा पनि कांग्रेस पार्टीको कार्यकर्ताको भूमिका खेलका कारण उपाध्यायलाई फिर्ता बोलाइएको बताउनुभयो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम पसलमा राखेको मिठाई जस्तै भएको आरोप बिजुक्छेको थियो ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush