बिभाजित माओवादीबीच एकता गर्ने एमाओवादी निर्णय, जेठ १ मा केन्द्रिय समिति बैठक

काठमाडौं—बैशाख २९ । एकीकृत नेकपा माओवादीले बिभाजित बनेका सबै माओवादी पार्टी तथा शक्तिहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ ।

UCPN-Maoist-Meeting-1बुधबारको  एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द, मातृका यादव, मणि थापा नेतृत्वमा रहेका माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको हो । हुनत, यसअघि देखिनै बिभिन्न नाममा विभाजित माओवादी पार्टीहरुलाई एकतामा ल्याउँदै पार्टी पुनर्गठन गर्ने योजना सहित एमाओवादीले पार्टी भित्र छलफल चलाएको थियो ।

बुधबारको स्थायी समिति बैठकले सबै माओवादीबीच एकीकरण गर्ने औपचारिक निर्णय गरेको नेताहरुले बताएका छन् । स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्न र पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्याउन भन्दै एमाओवादीले जेठ १ गते केन्द्रीय समिति बैठक समेत बोलाएको छ ।

तपाईको प्रतिक्रिया