ओबामा यही महिना जापानको हिरोशिमा जाने

न्युयोर्क । अमेरिकी राष्ट्रपति बाराक ओबामा यही महिना जापानको हिरोशिमा जाने भएका छन् ।
पदमै रहँदा हिरोशिमा जाने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुने छन् । अमेरिकाले सन् १९४५ मा हिरोशिमामा परमाण बम खसालेको थियो । जसमा करिब १४ लाख जापानी नागरिक मारिएका थिए ।
अमेरिकाले जापानकै अर्को सहर नागासाकीमा पनि दोस्रो परमाणु बम खसालेको थियो । जापानको दुई स्थानमा परमाणु बम खसालेसँगै दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । hiroshima_bomb
यसअघि जिमी कार्टरले हिरोशिमा भ्रमण गरेका थिए । तर, कार्टर त्यसबेला राष्ट्रपति पदमा बहाल थिएनन् ।
राष्ट्रपति ओबामाले हिरोशिमा यात्राका विषयमा उनका प्रेस सचिवले जानकारी गराएका हुन् । ओबामामा सचिवले परमाणु हतियारमुक्त संसारमा शान्ति र सुरक्षाको प्रतिवद्धतामा थप बल पु¥याउन ओबामा जापानी प्रधानमन्त्री शिंजो अबेका साथ हिरोशिमा जाने कार्यक्रम रहेको बताएका छन् ।
राष्ट्रपति ओबामा जापानमा हुने जी–७ को सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ। साभार

तपाईको प्रतिक्रिया