भू–संरक्षणका लागि भूकम्पप्रभावित जिल्लामा तरजाली बाँडिदै

काठमाडौं-वैशाख २८ । भू तथा जलाधार संरक्षण विभागले भूकम्पप्रभावित जिल्लामा भू–संरक्षणको लागि तारजाली वितरण गर्ने भएको छ ।

गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण तीन हजार भन्दा बढी पहिरो गएकाले त्यसको संरक्षणका लागि तारजाली वितरण गर्न लागिएको हो । विभागका उपसचिव डा जगन्नाथ जोशीले जिल्ला भू–संरक्षण कार्यालयले गरेको लागत अनुमानको आधारमा छलफल गरेर तारजाली पठाउने व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा भएको क्षतिबारे जिल्ला भू–संरक्षण कार्यालयले यकिन तथ्याङ्क पठाएपछि तारजाली पठाउँछौँ ।”उहाँका अनुसार अतिप्रभावित जिल्लामा ३० हजार मेट्रिक टन भन्दा बढी र कम प्रभावित जिल्लामा ३० हजार मेट्रिक टनसम्म तारजाली उपलब्ध गराइने छ । रासस

तपाईको प्रतिक्रिया