नगर विकास वारे अध्ययन गर्न नेपाली प्रतिनिधिमण्डल गोन्जाउमा

काठमाडौँ– वैशाख २८ । काठमाडौँ महानगरपालिको एक प्रतिनिधिमण्डल छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा निस्किएको छ ।

गोन्जाउ नगरको निमन्त्रणामा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको नेतृत्वमा स्थानीय निकायका विज्ञसहितको सात सदस्यीय प्रतिनिधिमण्डल त्यतातर्फ प्रस्थान गरेको हो । उक्त प्रतिनिधिमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहायक प्रवक्ता राजाराम श्रेष्ठ, महानगरपालिका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की लगायत सहभागि हुनुहुन्छ । प्रतिनिधिमण्डलले दुईपक्षीय हितलाई केन्द्रमा राख्दैं वाणिज्य, व्यापारलगायत क्षेत्रको विकास तथा सहकार्यलाई नयाँ शिराबाट अघि बढाउने छ ।

महानगरपालिकाभित्र रहेका संरचनालाई व्यवस्थित गर्दै नयाँ बन्ने संरचना जोखिममुक्त, सुरक्षित र अत्याधुनिक बनाउन भ्रमण सफल हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया