सरकारको नीति तथा कार्यक्रममाथी छलफल सुुरु

vlcsnap-2016-05-08-20h10m38s478काठमाडौँ–बैशाख २८। व्यवस्थापिका–संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आजबाट सुरु भएको छ ।
राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलका लागि भन्दै  वैशाख २८, २९ र ३० गतेको समय निर्धारण गरिएको छ । यस्तै,संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले वैशाख ३१ गते दिने कार्यक्रम तय संसद सचिवालयको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को वैशाख २६ गते प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी मङ्सिरमा स्थानीय निकायको निर्वाचन गराउने, १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन, पाँच वर्षमा भूकम्पपछिको पुनःनिर्माण सक्ने, दुई वर्षभित्र निजी घरको निर्माण,९० दिन धान्न सक्ने पेट्रोल र ग्यासको भण्डारण गर्ने लगायत योजना समावेश छन् ।

तपाईको प्रतिक्रिया