नीति तथा कार्यक्रमको पक्षमा बोल्न आफ्ना सांसदलाई प्रधानमन्त्रीकोे निर्देशन

vlcsnap-2016-05-09-20h20m20s478काठमाडौं-बैशख २७ । एमाले संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमका पक्षमा बोल्न एमाले सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

सोमबार संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले मंगलबारको नीति तथा कार्यक्रममाथिको छलफलमा पक्षमा बोल्न निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमअनुरुप बजेट आउने जानकारी गराएको र बजेटलाई अहिलेसम्मकै उत्कृष्ठ बनाउने प्रसाय भएको धारणा राख्नुभएको एमाले सांसदहरुले बताएका छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका नेताहरुले बजेट जनमुखि र आर्थिक विकासमा केन्द्रित हनुपर्ने धारणा राख्नुभएको थियो ।

Published On:  441पटक हेरिएको

तपाईको प्रतिक्रिया