काठमाडौं–बैशाख २७ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मंसिरमा स्थानिय निर्वाचन गराउने भनिएको छ । हुन त, सरकारले घोषणा गरेको चुनाव सम्भव र असम्भव भन्ने विषयमा सत्तारुढ दल र विपिक्षी दलबीच जुवारी नै चलेको छ । सक्तारुढ दलले चुनाव सम्भव भएको र प्रयाप्त समय भनेपनि विपक्षी दलले भने मंसीरमा चुनाव असम्भव हुँने बताउँदै आएका छन् । स्थानीय निकाय निर्वाचन मंसिरमा सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रमबाट सार्वजनिक गरिएपनि चुनावको आधिकारिक दिन घोषणा भने भइसकेको छैन । निर्वाचन आयोगका अनुसार सरकारले तत्कालै मिति घोषणा गरेर चुनावको तयारी लागि आवश्यक समय समेत रहेको छ । अझ समय किटान हुने र व्यवहारमा कार्यान्वयन नहुने पुरानो राजनीतिक प्रचलनले पनि मंसिरमै स्थानीय निकायको निर्वाचन हुन्छ भनेर विश्वस्थ भैहाल्ने अवस्था छैन । यसमाथी पनि सत्ता बाहिर रहेका दलहरुको असन्तुष्ठी र बिरोधले समेत यसलाई प्रभाव पार्ने देखिन्छ । विगत १४ बर्षदेखि स्थानीय निकाय चुनाव नहुँदा हरेक बर्ष सरकारको नीति तथा कार्यक्रम लागु गर्न कठिन हुुंदै आएको छ । संविधानसभाको चुनावदेखि नै ठूला राजनीतिक दलहरुले स्थानीय निकायको चुनावलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाउंदै आएपनि विगत आठ बर्षको अवधिमा समेत स्थानीय निकायको चुनाव हुन सकेन ।