यथास्थितिमा वार्ताको औचित्य छैन : मधेशी मोर्चा

काठमाडौं–वैशाख २७ । संविधान लेखनदेखि नै प्रमुख दलसँग रुष्ट बन्दै आएको मधेसी मोर्चाले वार्ताका लागि सरकारले पठाएको पत्र औचित्यहिन भएको जवाफ दिएको छ ।
Madhesi-morchaसरकारी वार्ता टोलीका संयोजक कमल थापाले आइतबार मधेसी मार्चालाई औपचारि पत्र पठाएर वार्ताको आह्वान गरेपछि मोर्चाको नेताहरुले सोमबार औचित्यहिन वार्ताको अर्थ नहुने जवाफ फर्काएका हुन । मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा वार्ताको सम्भावना नभएको भन्दै इमान्दार भएर सहमतिका लागि तयार भए आफुहरु वार्ता बिरोधी नभएको प्रतिक्रिया दिएका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ३६ पटक वार्ता गर्दा पनि माग सम्बोधन नभएको भन्दै प्रचारमुखी वार्ताको अर्थ नहुने बताउनुभयो । सरकारलाई आफूहरुको माग र मुद्दा थाहा भएपनि समाधान तर्फ सरकार गम्भिर नभएकोे आरोप यादवको थियो ।
सदभावनाका नेता लक्ष्मणलाल कर्णले यथास्थितिमा वार्ता सम्भव नभएको भन्दै प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली राजनीतिक समितिमा बसेको अवस्थामा मात्रै मोर्चा वार्तामा सहभागी हुने दाबी गर्नुभएको थियो ।

Published On:  377पटक हेरिएको

तपाईको प्रतिक्रिया