बैशाख शुक्ल तृतिया मनाइदै

काठमाडौं–२७ । वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइदैछ । देशका विभिन्न मन्दिर तथा घर घरमा  आज  दान, होम तथा जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर खाने तथा दान गरि अक्षय तृतीया माइदैछ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

तपाईको प्रतिक्रिया