काठमाडौ–बैशाख २६ । आज कानुन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । आधुनिक न्याय प्रणालीको प्रारम्भका रुपमा विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन–२००८ जारी भई लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवसका रुपमा मनाइदै आइएको छ ।
हुनत, कानुन दिवसको अवसरमा सर्वाेच्च अदालत परिसर बाहेकका स्थानमा खासै औपचारिक कार्यक्रम नभएको गुनासो छ । दिवसका अवसरमा शुभकामना दिनुहुँदै, कामु प्रधानन्यायाधिस सुशीला कार्कीले ६ दशक अगाडि स्थापित न्यायपालिका र अवलम्बित न्याय पद्धतिले नेपालमा संवैधानिक सर्वोच्चता र विधिको शासन कायम राख्न एवम् नागरिकका हक अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्न न्यायपालिकाले जिम्मेवारीबोधका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ ।
शुभकामना सन्देश मार्फत उहाँले दिवसले न्यायमा पहुँच र विधिको शासनको सुनिश्चितताका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्ने सोच, पे्ररणा र क्षमता सबैमा प्रदान गर्ने अपेक्षा राख्नुभएको छ ।
यता, नेपाल ल क्याम्पसमा एलएलबी पहिलो बर्षमा अध्ययनरत विद्यार्थीहरुले कानुन दिवसले औपचारिकता पाउन नसकेको गुनासो सहित कक्षाकोठामा नै दिवस मनाएका छन् ।
विद्यार्थीहरुले कविता, गजलका माध्यमबाट वर्तमान कानुनी अवस्था र न्याय क्षेत्रमा देखिएको बिक्रितिबिद्ध ब्यङ्ग्य गरेका थिए ।
कक्षाकोठाको सानो औपचारिक कार्यक्रपछि ल क्याम्पसको बगैचामा भएको न्यायमुर्तीको प्रतिमामा माल्र्यापण गर्दै विद्यार्थीहरुले कानुन दिवसलाई आगामि बर्षबाट देशब्यापी बनाउने बारे पहल कदमी भुमिका खेल्ने अठोट गरेका थिए ।