रेडक्रस दिवश, विभिन्न कार्यक्रम सहित मनाइदैँ

vlcsnap-2016-05-08-14h19m07s156काठमाडौं–बैशाख २६ । मे ८ आज अन्तर्राष्ट्रिय रेडक्रस दिवश । विभिन्न कार्यक्रम गरी रेडक्रस दिवश मनाइएको छ । नेपालमा पनि ‘रेडक्रस सबै ठाउँमा, सबैका लागी’ भन्ने नाराका साथ आज रेडक्रस दिवश मनाइएको हो । vlcsnap-2016-05-08-14h18m41s690

रेडक्रस दिवशको अवसर पारेर काठमाडौमा ¥याली निकालिएको छ । रत्नपार्क स्थित शान्तिवाटीकाबाट सुरु भएको ¥याली रत्नपार्क, न्युरोड, भुगोलपार्क, इन्द्रचोक, असन, भोटाहिटी हुँदै पुनःशान्तिवाटीकामा पुगेर सभामा परिणत भएको थियो ।

vlcsnap-2016-05-08-14h19m18s350मे ८ अर्थात रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्म दिनको अवसर पारेर विश्वभरी रेडक्रस दिवश मनाउने गरिन्छ । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्म ८ मे १८२८ का दिन स्वीजरल्याण्डको जेनेभामा भएको थियो ।

तपाईको प्रतिक्रिया