एक अर्काको धर्म संस्कृतिको सम्मान गरौँ : उपप्रधानमन्त्री मैनाली

vlcsnap-2016-05-07-20h43m03s169काठमाडौं–बैशाख २६ । उपप्रधान तथा महिला बालबालीका एवं समाजकल्याणमन्त्री सीपी मैनालीले देशको विकास र जातीय एकताका लागि एक–अर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्ने बताउनु भएको छ ।

vlcsnap-2016-05-08-14h18m18s836काठमाडौमा आज भएको नेपालका मदरसाहरुको चुनौती एंव समाधान विषयक शैक्षिक सम्मेलनमा उपप्रधानमन्त्री मैनालीले एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्नसके मात्र जातीय एकता सहितको समृद्ध नेपाल सम्भव हुने बताउनुभएको हो । नेपालमा रहेका मदरसाहरुलाई सरकारले ध्यान दिएको भन्दै उहाँले मुस्लिम धर्म बाहेक अन्य धर्मका विषयलाई पनि मदरसामा समावेश गरे धार्मिक तथा जातीय एकता बलियो हुने जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री मैनालीले मदरसालाई दिइदै आएको अनुदान अपर्याप्त रहेको भन्दै यसवारे सरकारले पुर्नविचार गर्ने आश्वासन दिनुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया