सूचना नदिने कर्मचारीलाई कार्वाही : आयोग

p.jpg1ललितपुर बैशाख । राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले सूचना लुकाउने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । जनताको सूचना पाउने हकलाई कुष्ठित नगर्न र सरकारी सूचना सञ्चारकर्मीको माध्यमबाट जनतालाई दिन कर्मचारीलाई उहाँको आग्रह छ ।

पहिलो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ललितपुरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै तिमल्सीनाले भन्नुभयो–‘कुनै कर्मचारीले सूचना लुकाएर नदिएको पाईए सूचना आयोगमा आएर उजुरी दिन पत्रकार साथिहरुलाई आग्रह गर्दछु, कार्यालय प्रमुख या कर्मचारीले सूचना दिन आलटाल गरेमा सोझै सूचना आयोगको कार्यालयमा आएर उजुरी गर्नुस, त्यस्ता कर्मचारीलाई कारवाही गर्न सिफारिश गर्छौं ।’ उहाँले भन्नुभयो ।

उक्त कार्यक्रममा लतिपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जनताको सूचना पाउने हकको ख्याल गर्दै सूचना उपलब्ध गराउन आफु मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।  उहाँले पत्रकारलाई पनि त्यस्ता सूचना सामाजिक हित अनुकुल प्रवाह गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले सूचना पत्रकारको लागि नभइ सर्वसाधारण जनताका लागि भएको भन्दै सूचना दिन कन्जुसाइ नगर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

स्थानिय विकास अधिकारी हरिप्रसाद दाहालले आफुहरु स्थानिय पत्रकारसंग मिलेर अघि बढन चाहेको प्रष्टाउदै पत्रकारको क्षमता अभिबृद्धिको लागि स्थानिय तहमा बजेटे व्यवस्था गर्ने आश्वसन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया