मंसिरमा स्थानीय निर्वाचन,मध्यावधी निर्वाचनमा सत्ता गठबन्धनलाई अत्यधिक बहुमत : ओली

vlcsnap-2016-05-07-20h44m59s788काठमाडौं–बैशाख २५ । प्रधानमन्त्री केपीशर्मा ओलीले स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्न राजनीतिक दल तथा निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा शनिबारबाट सुरु भएको नेकपा मालेको महाधिवेशनमा प्रधानमन्त्री ओलीले यही सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गराउन लागेको भन्दै तयारीमा लाग्न आग्रह गर्नुभएको हो । उहाँले जनमुखी कार्यक्रमसहितको बजेट ल्याउन लागेकाले  सरकारविरुद्ध षड्यन्त्र सुरु भएको दाबी गर्दै सत्ता गठबन्धनले आगामी मध्यावधि निर्वाचनमा अत्यधिक बहुमत ल्यउने जिकिर गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले परिस्थितिलाई ठिक ढंगले बुझेर देश र जनताको पक्षमा काम गर्न राजनीतिक दलको ध्यानाकर्षण समेत गराउनुभएको थियो । कार्यक्रममा कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले बोलीले भन्दा कामले देश र जनताको आर्थिक रुपान्तरण हुनुपर्ने भन्दै दलीय सहमति अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा एकीकृत माओवादी, राप्रपा, जनमोर्चा र नेकपा मालेलगायतका नेताहरुले देशलाईसमृद्धिको उचाइमा पुर्याउने तर्फ सबै दल र नेताहरु गम्भिर बन्नुपर्ने समय आएको भन्दै राजनीतिलाई समृद्धि र विकाससँग जोड्नुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया