शान्ति सम्झौता र अदालतको आदेशका आधारमा द्वन्द्वकालीन न्यायनिरुपण : शर्मा

vlcsnap-2016-05-07-20h45m25s611काठमाडौं–बैशाख २५ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बृहत् शान्ति सम्झौता र सर्वोच्च अदालतको आदेशका आधारमा द्वन्द्वकालीन मुद्दाहरू टुंग्याउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको राष्ट्रिय सम्मेलनमा अध्यक्ष शर्माले दलहरूबीच भएको बृहत् शान्ति सम्झौता र सर्वोच्च अदालतले दिएको आदेश द्वन्द्वकालीन मुद्दाहरू टुंग्याउने भरपर्दो आधार हुने बताउनुभएको हो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विदेशीको इशारामा नभई राष्ट्रिय स्वाधिनता, जनताको सार्वभौमसत्ताको रक्षा हुने गरी मानवअधिकारको आवाज उठाउन अधिकारकर्मीलाई आग्रह गर्नुभएको थियो । कांग्रेसकी नेतृ सुजाता कोइरालाले देशको संवेदनशीलतालाई ध्यानमा राखेर मात्र द्वन्द्वकालका घटनामा बोल्न सबैसँग आग्रह गर्नुभयो ।

तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले मधेश आन्दोलनका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन हुँदा मानवअधिकारवादीहरू चुप बसेको आरोप लगाउनुभयो ।

Published On:  305पटक हेरिएको

तपाईको प्रतिक्रिया