मधेशी मोर्चाबाट आजपनि संसद बैठक बहिस्कार

vlcsnap-2016-05-07-20h44m04s082काठमाडौं–बैशाख २५ । आन्दोलनरत मधेशी मोर्चाले शनिबारको संसद बैठक बहिष्कार गरेको छ ।

आफ्ना मागप्रति सरकार तथा प्रमुख दलले बेवास्ता गरेको भन्दै मोर्चाका सांसदहरूले दोस्रो दिनपनि संसद बैठक बहिष्कार गरेका हुन् । बैठकको सुरुमै सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले समय लिएर सरकार वार्ताप्रति गम्भीर नभएको र आन्दोलनका माग सम्बोधन गर्न समेत चासो नदेखाएको आरोप लगाउँदै बैठकमा बस्नुको औचित्य नहुने बताएका थिए ।

चौधरीको सम्बोधनपछि मोर्चा सम्बद्ध सबै पार्टीका सांसदहरू संसद भवनबाट बाहिरिएका थिए ।

तपाईको प्रतिक्रिया