काठमाडौं–बैशाख २५ । अर्थमन्त्री विष्णु पौडेलले सकभर सबै सांसदहरुको चाहनाअनुरुप बजेट ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका संसदमा शनिबार सकिएको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतासम्बन्धी बैठकको अन्त्यमा सांसदहरुले उठाएका विचारहरु धेरै महत्वपूर्ण रहेको भन्दै सकभर सबैका बिचार बजेटमा सम्बोधन गर्ने बताउनुभएको हो । उहाँले २०७३/०७४ को बजेटमा सांसदहरुको माग समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि आजै सांसदहरुले सरकारले बजेटमा भुकम्पपछिको पुर्ननिर्माणमा विषेश ध्यान दिन आग्रह गरेका थिए । आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलसमेत आजै सकिएको छ । संसदको कार्यतालिकाअनुसार अब आइतबार राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आर्थिक वर्षको बजेटको निति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।