नेपाल भारत सम्बन्ध सुधार्न राजदूत फिर्ता बोलाइयो : थापा

काठमाडौं–काठमाडौं २५ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सम्वन्धलाई नयाँ ढंगवाट अघि बढाउन भारतका लागि नेपालका राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाइएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका संसदको आजको बैठकमा प्रतिपक्षी दलका सांKamal-Thapaसदहरुले राजनीतिक बिचारका आधारमा उपाध्यायलाई फिर्ता बोलाइएको भन्दै सरकारको आलोचना गरेपछि मन्त्री थापाले स्पष्टिकरण दिदै यस्तो बताउनुभएको हो । उहाँले राजदुत फिर्ताको सरकारी निर्णयलाई अस्वभाविक रुपमा र अतिरञ्तित रुपमा व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको समेत बताउनुभयो । मन्त्री थापाले उपाध्यायको नियुक्ति पूर्ववर्ती सरकारवाट भएपनि नियुक्तिलाई आग्रह पूर्वाग्रह नभएको बताउनुभयो । उहाँले उपाध्यायलाई फिर्ता बोलाउँदा राजनीतिक पृष्ठभूमि र व्यक्तिगत गतिविधि हेरेर फिर्ता नबोलाइएको बताउनुभयो ।

मन्त्री थापाले राष्ट्रपतिको भारत भ्रमण पनि देशमा केही दिनयता घटेको राजनीतिक घटनाक्रम साथै संसद्को चालु अधिवेशनमा राष्ट्रपतिवाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने महत्वपुर्ण कार्यक्रम तय भएको र आवश्यक तयारी पूरा हुन नसकेकाले स्थगित गरिएको जानकारी दिनुभएको थियो । यसअघि संसद बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद डाक्टर प्रकाशशरण महतले उपाध्यायलाई राजनीतिक आधारमा फिर्ता बोलाइएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।

उहाँले सरकारले प्रतिपक्षी दलसँगको रिस फेर्न राजदुतलाई फिर्ता बोलाइएको आरोप लगाउनुभएको थियो । तर मन्त्री थापाले भने उपाध्याले विगत केही समयदेखि गरेको कामलाई सरकारले अन्यथा रुपमा नलिएको बताउनुभयो । मन्त्री थापाले राष्ट्रपतिको भ्रमण रद्द र राजदुतको फिर्तामा केही तालमेल नभएको भन्दै सञ्चारमाध्यममा आएका समाचार गलत भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया