शान्ति सुरक्षा र सामाजिक चूनौति विषयक अन्र्तक्रिया सम्पन्न

काठमाडौं–बैशाख २५ । स्थानीय नागरिक सरोकार मञ्च नेपालको आयोजना तथा ललितपुरका अन्य विभिन्न सामाजिक संघ संस्थाको अग्रसरतमा ललितपुरको सानेपामा शान्ति सुरक्षा र समाजमा देखिएका चूनौती विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय नागरिक सरोकार मञ्च नेपाल, यूरोसिया रेउकाई, महानगरिय प्रहरी प्रbbbbभाग ललितपुर, सामुदायिक प्रहरी ललितपुर लगायतका संस्थाको अग्रसरतमा सामाजिक सुरक्षा र चूनौति विषयमा अन्र्तक्रिया भएको हो । कार्यक्रममा प्रमुख अथिति अत्तिरिक्त महानगरिय प्रहरी आयुक्त  मिग्मार लामाले शान्ति र सुरक्षा कायम गर्न  र समाजमा देखिएका चूनौति कम गर्न सुरक्षा निकाय लागि परेको बताउनुभयो ।

आयुक्त लामाले प्रहरीको प्रमुख जिम्मेवारी नै शान्ति सुरक्षा भएकाले प्रहरी आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने बताउनुभयो । कार्यक्रममा एकीकृत माओवादीका नेता अमिक शेरचनले आफ्नो टोलको शान्ति सुरक्षा कायम गर्नमा स्थानीय पनि उत्तिकै अग्रसर हुनुपर्ने बताउनुaaaभयो । त्यस्तै कार्यक्रममा स्थानीय नागरिक सरोकार मञ्चका अध्यक्ष रूद्रकुकार जोशिले स्थानीय स्तरबाट जनता जागरूप भए समाजमा आइपर्ने हरेक किसिमका समस्या आफै समाधान भएर जाने बताउनुभयो । अन्र्तक्रिया कार्यक्रममा सानेपाबासीहरूको उल्लेख्य सहभागिता थियो ।

तपाईको प्रतिक्रिया