काठमाडौं–बैशाख २५ । सरकारले आफुहरुको माग साबोधनमा वेवास्था गरेको भन्दै आन्दोलनरत मधेशी गठबन्धनले शुक्रबार संसद बहिष्कार गर्यो । लामो समयसम्म देश नै ठप्प बनाएर आन्दोलन गरेको मोर्चाले अहिले आन्दोलन स्वरुप परिवर्तन गदै अहिले धर्ना, जुलुस र घेराउ गरेर आन्दोलन गरिरहेको छ ।
जनजाती, मधेशीको भावना विपरित सरकार लागिपरेको भन्दै अबको केही दिन भित्र आफ्ना माग स्पष्ट रूपमा सम्बोधन नभए चाडैं नै कडा आन्दोलनमा उत्रने चेतावनी दिइरहेको छ । अहिले मोर्चाले आन्दोलनको तयारी स्वरुप विभिन्न छलफल र गोष्ठि बताएको छ । वर्तमान सरकारले माग सम्बोधनमा भन्दा पनि भाषणबाजीमा मात्र लागेको, मधेश र मधेशी जनताको भावना विपरित अभिव्यक्ति र क्रियाकलाप जारी राखेको भन्दै मोर्चाले कडा आन्दोलन गर्ने भन्दै आएको छ । यसअघि नेपाल–भारत सिमान नाकाबन्दको आन्दोलन गरेको मोर्चाले अहिले भने आदिवासी, जनजाति, दलितसम्बद्ध दलहरूलाई साथमा लिएर काठमाडौं केन्द्रीत आन्दोलन गर्ने बताएको छ ।
जनजाती, मधेशीसहितको समर्थनमा पहिचानसहितको संघीयता र तराईमा २ प्रदेशका लागि आन्दोलन केन्द्रीत हुने सद्भावना पार्टीका सअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । वार्ता र संवादबाटै समस्याको समाधान गर्नुपर्नेमा सबै दल एकमत रहेपछि अझै पनि यसको वातावरण बन्न सकेको छैन । मधेशी मोर्चाले आन्दोलनका नाकाबन्दीलगायत कार्यक्रमको स्वरुप परिवर्तन गरेको पनि दुई महिना भन्दा बढि बितिसकेको छ । तर, यसबीचमा उपलब्धिमुलक वार्ता हुन सकेन ।