गोरखापत्रको १ सय १६ स्थापना दिवस मनाइयो

काठमाडौं–बैशाख २५ । गोरखापत्रले आफ्नो स्थापनाको १ सय १६औं स्थापना दिवस मनाएको छ । गेरखापत्र संस्थानले हिजो काठमाडौंमा एक कार्यक्रम गरी आफ्नो स्थापनाको १ सय १६औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले गोरखापत्र मुलुककै जेठो र दक्षिण यसियामै राम्रो पहिचान बनाउन सफल अखबार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले गोरखापत्र संस्थानलाई सुुविधा सम्पन्न भौतिक संरचना आवश्यक रहेको बताउँदै आफूले त्यसका लागि पहल गर्ने बताउनुभयो । त्यस्तै, गोरखापत्रको स्थपना दिवसकै अवसर पारेर पहिलो राष्ट्रिय पत्रकारिता दिवस पनि मनाइएको छ ।

तपाईको प्रतिक्रिया