भारतीय प्रधानमन्त्री मोदी यो महिनाको अन्त्यमा इरान जाँदै

narendra_20140804053726नयाँ दिल्ली–बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिनाको अन्त्यमा इरानको भ्रमणमा जाने भएका छन् ।
पश्चिम एसियाली यो राष्ट्रको भ्रमण द्धिपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र व्यापार साझेदारीमा केन्द्रित हुने बताइएको छ । यद्यपि भ्रमणको मिति भने तय नभएको भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताउनुभएको छ ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार प्रधानमन्त्री मोदी इरानी राष्ट्रपति हसन रोउहानीको निमन्त्रणामा त्यहाँ जान लाग्नुभएको हो ।
यी दुई नेताबीच केही महिनाअघि रसियाको उफामा भेटवार्ता भएको थियो । उक्त समयमा रोउहानीले राख्नुभएको भ्रमणको निम्तो त्यहि बेला स्विकार गरेका मोदीको भ्रमण अहिले तय भएको हो ।

Published On:  560पटक हेरिएको

तपाईको प्रतिक्रिया